पोखरा –नेपालस्थित भारतीय दूतावासले पोखराको रमणीय फेवा तालको किनारमा बिहीबार कथक नृत्य कार्यक्रमको आयोजना गरेको छ । आठ सदस्यीय नृत्य टोलीद्वारा प्रस्तुत प्रस्तुतिलाई भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले सहयोग गरेको हो ।


ADVERTISEMENT


उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए । कार्यक्रममा प्रदेशका सांसद एवम् वरिष्ठ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


मेयर आचार्यले नेपाल र भारतबिच लामो समयदेखि सभ्यतागत र सांस्कृतिक सम्बन्ध रहेको र यसले दुवै राष्ट्रका जनतालाई एकताबद्ध गराउने काम गरेको कुरामा जोड दिए । उक्त कार्यक्रममा सबै क्षेत्रका दर्शकहरूको उल्लेख्य रूपमा सहभागिता रहेको थियो ।