काठमाडौँ– नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ बाट आईएल्स टेस्टको शुल्क तिर्दा २००० रुपैयाँ छुट पाइने भएको छ ।


ADVERTISEMENT


यसअघि १००० रुपैयाँको क्यासब्याकको सुविधा दिदैँ आएको आईएम पेले सो सेवालाई थप परिस्कृत गर्दै २००० रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्बजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


यो अफर पौष ५ गते सम्म प्राप्त चालु रहने बताइए पनि त्यसपश्चात् भने यसअघि सार्वजनिक भएको अफर (रु १००० छुटका सुविधा) भने निरन्तर चलिरहने कम्पनीले जनाएको छ ।

यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचार्इ सजिलै आइएमई पे एप मार्फत आफ्नो आईएल्स परिक्षा शुल्क तिर्न सक्नेछन्। प्रयोगकर्ताहरुले आईएल्सको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईएल्स, युकेभीआई को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाईफ स्किल्स, ए१, ए२, बी १ को निम्ती भुक्तानी गर्न सक्नेछन्।

आइएमई पे एपबाट आईएल्स टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरुले एपको होमपेजमा ूवाट्स निउू भागमा ूक्ष्भ्ीत्क् टेस्ट बुकिङू मा गइ सोधिएको विवरण भरेर गर्न सक्नेछन् ।