काठमाडौँ – काठमाडौँमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा फाइनल प्रवेशका लागि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको चुनौती दिएको छ ।
पहिलो क्वालिफायर्समा बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।
जनकपुरका लागि जेम्स निश्श्मले सर्वाधिक ४५ रन बनाए । उनले सो क्रममा उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै शुभ कंशाकारले २६ रन बनाउँदा लाहिरु मिलान्थाले १२, कप्तान आशिफ शेख र अरनिको यादवले समान ११–११ रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए भने शेफ जैवले २ तथा अविनास बोहरा र स्टक कुग्लेगिनले समान १–१ विकेट हात पारे । यसअघि आजै भएको प्लेअफमा कर्णालीले याक्सले चितवन राइनोजलाई हराउँदै क्वालिफायर्समा पुगेको थियो ।
खेलको विजेता टोली एनपीएलको फाइनल पुग्नेछ भने हार्ने टोलीले बिहीबार दोस्रो क्वालिफायर्समा कर्णाली याक्ससँग खेल्नेछ ।































































