काठमाडौँ– मनाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो ।


ADVERTISEMENT


भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४।७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पले क्षति पुर्‍याएको जानकारी भने छैन ।


ADVERTISEMENT

# # #


बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको थियो ।