काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले भारतसँगको खरिदको स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ ।
निगमका अनुसार आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलितर १.०९ रुपैयाँ बढाएको छ भने डिजेलमा २.२२ रुपैयाँ वृद्धि गरेको छ । जस अनुसार अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर पहिलो वर्गमा १६०.५० रुपैयाँ, दोस्रो वर्गमा १६२ रुपैयाँ र तेस्रो वर्गमा १६३ रुपैयाँ कायम हुनेछ । यसअघि ती वर्गमा क्रमशः १५९.५०, १६१ र १६२ रुपैयाँ रहेको थियो ।
यस्तै डिजेलको मूूल्य अब प्रतिलिटर पहिलो वर्गमा १५०.५० रुपैयाँ, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ पर्नेछ । यसअघि ती वर्गहरुमा प्रतिलिटर क्रमशः १४८.५०, १५० र १५१ रुपैयाँ रहेको थियो ।




























































