काठमाडौँ– स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँ जिल्ला अदालतले ५० लाख धरौटी मागेको छ ।


ADVERTISEMENT


आइतबार अदालत उपस्थित भएका उनलाई सोमबार अदालतका न्यायाधीश ठाकुरप्रसाद पोखरेलमा इजलासमा भएको छुनछेक बहसको क्रममा छविलाई ५० लाखमा छाड्न आदेश दिइएको हो । अदालतको आदेशसँगै उनी धरौटी बुझाउने प्रक्रियामा छन् ।


ADVERTISEMENT

# # #


यसअघि सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा कास्की अदालतको आदेश बमोजिम उनलाई ८८ लाख रूपैयाँ धरौटीबुझाएर रिहा भएका थिए । जोशी गोर्खा मिडियाका पूर्वप्रवन्ध निर्देशक हुन् ।

स्वर्णलक्ष्मी सहकारी रकम अपचलनको अभियोगमा पूर्व गृहमन्त्री रवि लामिछाने भने ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । रवि–छविसहितलाई हिजो सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतमा अर्को मुद्दा दायर भएको छ । उनीहरु दुवैले छिट्टै अदालतमा आफैँ उपस्थित हुने तयारी रहेको बताएका छन् ।