काठमाडौँ – कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । सोमवार बैंक परिसरमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव सम्पन्न भएको हो ।


ADVERTISEMENT


वार्षिकोत्सवका अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले कृषि विकास बैँक पछिल्लो समय अब्बल बैंकका रुपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गरे । हाल बैकिङ्ग बजारमा निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुनु चुनौतीको रुपमा रहेको बताउँदै उनले पछिल्लो समय समग्र अर्थ तन्त्रका सुचकहरुमा सकरात्मक हुने संकेत देखिएकोले बैंकहरुले पनि कर्जा लगानीलाई थप सर्वसुलभ ढंगले कर्जा प्रवाह गर्ने गरी आफ्ना कार्यक्रमहरु बढाउनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


यस्तै उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विशिष्ठ अतिथी नेपाल राष्ट्र बैंकका गर्भनरमहाप्रसाद अधिकारीले बैंकहरुले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्त गर्दै अगाडी बढ्न आग्रह गरे । पछिल्लो समय बैकिङ्ग बजार केहि चुनौती भए पनि पालना गर्नु न्युनत्तम नियमको पालना गर्दै कषि विकास बैंकले गत आ.व.मा गरेको प्रगतिले यहाँका कर्मचारीहरुलाई मात्र नभई बैंकको हितचाहने ग्राहक लगायत सम्पूर्णलाई उत्साहित बनाएको विचार व्यक्तगर्दै उनले बैंकको प्रशंसा गरे ।

त्यसैगरी बैँकले वार्षिकोत्सवको अवसरमा बैँकको नयाँ वेब साइटको शुभारम्भ समेत गरेको छ । साथै बैंकले प्रकाशन गरेको ५८ औं वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको पनि प्रमुख अतिथिबाट विमोचन समेत गरिएको थियो ।

बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि विकास बैंकका पूर्व महाप्रबन्धक श्रीकृष्ण उपाध्याय, लगायतका अतिथिले वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका थिए ।

समारोहमा बैंकमा अविच्छिन्न २० वर्ष र २५ वर्ष काम गरेका कर्मचारीहरुलाई पदक र कदरपत्र समेत प्रदानगरिएको थियो ।