नयाँदिल्ली– नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदुत डाक्टर शंकर शर्माबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


हाल भारत भ्रमणमा रहेका बाँनिया र शर्माबीच आज बिहान भारतको राजदुतावासस्थित भेटवार्ता भएको हो । भेटमा उनीहरुबीच भारतमा रहेका नेपालीहरुको विभिन्न समस्या र समाधानका विषयमा छलफल भएको छ ।


ADVERTISEMENT

# # #


नेता बाँनियाले शर्मासमक्ष त्यहाँ रहेका नेपालीहरुको अवस्था र समस्याबारे जिज्ञासा राखेका थिए । ‘उहाहरुबीच भारतमा बसेर व्यवसाय गरिरहेका व्यवसायीहरुको समस्या र नेपालबाट स्वास्थ्य उपचारका लागि आउँदा व्यहोर्नुपरेका समस्या समाधानका बारेमा छलफल भएको छ’, बानियाँको सचिवालयले जनाएको छ ।

पूर्व गृह राज्यमन्त्रीसमेत रहेका बानियाँले भारतमा कार्यरत नेपाली मजदुर, विभिन्न व्यवसाय गरी बसेका व्यवसायीहरुको उपचार, दुर्घटनामा परी घाईते तथा मृत्यु भएका परिवारले ब्यहोर्नुपर्ने झण्झटिलो प्रक्रियाको छिटो समाधानका उपाय र नेपालीहरुको स्वास्थ्य बीमाको प्रक्रिया बारेमा समेत राजदुत शर्मासंग छलफल गरे ।

राजदूत शर्मा र नेपाली जनसम्पर्क समिति भारत सँगको भेटमा सभापति बानियाँले भारतमा नेपालीहरूले भोग्ने गरेका समस्याहरूमा ब्यबहारिक समाधान निकालेर सहयोग गर्नुपर्ने बताएका छन् । भारतमा दुख पाईरहेका नेपालीहरूले तत्कालै उद्दार र सहयोग पाउने गरीको प्रबन्ध मिलाउन सभापति बानियाँले राजदूत शर्मा र जनसम्पर्क समितिलाई बिशेष आग्रह गरेका छन् ।

भारतमा रहेर मृत्युवरण गर्नेहरूका हकमा समेत बिमा लगायतका बिषयहरूमा सहज, चाँडो सेवा दिलाउने सन्दर्भमा समेत संबेदनशिल भएर तत्काल कार्यान्वयन गर्ने प्रबन्ध मिलाउन समेत सभापति बानियाँले सुझाएका छन् ।

भारतमा कुनै पनि नेपालीहरूले दुख नपाउन भन्नका लागि पार्टीमा समेत बहस र छलफल चलाएर सहयोग गर्ने समेत सभापति बानियाँले बिश्वस्त पारेका छन् ।

जवाफमा शर्माले दुई देशबीच गहिरो मित्रता रहेकाले भारत सरकारबाट नेपालीहरुको स्वास्थ्य उपचारमा आवश्यक सहयोग पाईरहेको र केही समस्या परेमा राजदुतावासमा सम्पर्क गर्नसमेत छलफलमा आग्रह गर्दै नेपाली ब्यवसायीहरुको विभिन्न समस्या समाधानका लागि भारत सरकारसंग आवश्यक समन्वय गर्ने बताए ।

राजदुतावासमा भएको छलफलमा नेता बानियाँसहित कांग्रेस बागमती प्रदेश कानूून तथा संसदीय मामिला विभाग प्रमूख सानुकान्छा श्रेष्ठ, राजदुतावासका सहसचिव सुरेन्द्र थापा, श्यामराज पाण्डे, अर्जुन धरेललगायत विरामीका आफन्त तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

यसअघि नेता बानियाँले मंगलबार नयाँदिल्लीका विभिन्न अस्पतालमा उपचाररत नेपाली विरामी तथा आफन्तलाई भेटी उपचारमा परेका कठिनाईको बारेमा बुझ्दै समाधानका लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदुतावाससंग छलफल तथा समन्वय गर्ने प्रतिवद्व व्यक्त गरेका छन् ।