• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड



Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page


महिला प्रदेशसभा सदस्यहरुको गुनासो : महिला भएकै कारण विभेद

माघ १०, २०८१ |

महिला प्रदेशसभा सदस्यहरुको गुनासो : महिला भएकै कारण विभेद

864
SHARES
ShareTweet

महेन्द्रनगर (धनुषा)– मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् ।


ADVERTISEMENT


लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङ्गसम्बन्धी तीन दिवसीय कार्यशालाको समापन कार्यक्रममा बोल्दै आज महिला प्रदेशसभा सदस्यहरुले सदन बाहिर तथा सदनभित्र दुवै स्थानमा आफूहरुमाथी विभेद हुने गरेको दुखेसो गरेका हुन् ।


ADVERTISEMENT

# # #


मधेस प्रदेशसभाका उपसभामुख बबिता राउत इसरले भनिन्, “महिलाले राजनीतिमा अवसर पाउन सजिलो छैन । म लामो सङ्घर्ष पश्चात नै राजनीतिमा अवसर पाएको हुँ ।” उनले महिलाहरुको राजनीतिमा सङ्ख्यात्मक उपस्थिति बढेपनि त्यसलाई गुणात्मक उपस्थितिमा बदल्न सञ्चार जगतको साथ र सहयोग आवश्यक रहेको बताइन् ।

सो कार्यक्रममा प्रदेशसभा सदस्य किरण साहले प्रदेशसभा सदस्य शाहिदा खातुनमाथी भएको आक्रमणको विषयमा मिलेर आवाज उठाउनुपर्ने बताए।

प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक जिवछी यादवले महिला प्रदेशसभा सदस्यलाई बजेट विनियोजन तथा निर्णय प्रकृयामा सहभागी गराउनुपर्ने र महिला राजनीतिकर्मीले उठाएका समस्यालाई गम्भिरतापूर्वक लिन आग्रह गरे । उनले महिला प्रदेशसभा सदस्यले सरकारलाई दिने सुझावको कुनै सुनुवाई नहुने गरेको आरोप समेत लगाए ।

त्यसैगरी अर्का प्रदेशसभा सदस्य अनिताकुमारी साहले महिला प्रदेशसभा सदस्यको आवाज सरकारले नसुन्ने गरेको गुनासो गरिन् । कार्यक्रममा प्रदेशसभा सदस्य शाहिदा खातुनले आफूमाथि भएको आक्रमणको विषयमा जानकारी गराउँदै सरकारले न्यायकालागि कुनै पहल नगरेको बताइन् ।



#










#


#

#
#

#



#

#

Share:

Rate:

Previous‘आईसीएफसी फाइनान्स डिबेञ्चर’मा पहिलो दिनमै माग भन्दा दोब्बर बढीको आवेदन
Nextहिमोफिलियाका बिरामीलाई महँगो औषधी निःशुल्क उपलब्ध गराउने मन्त्री पौडेलको निर्णय

ताजा खबर

  • महालक्ष्मी–७ मा विकासको नयाँ खाका, अध्यक्ष महर्जनले सार्वजनिक गरे वार्षिक बुलेटिन
  • गरिमा हत्या प्रकरणमा कांग्रेस सभापति थापाको सरकारलाई प्रश्न– ‘न्यायको पर्खाइमा रहेको परिवारको पीडा बुझेको छ ?’
  • उपेन्द्र यादवको उपस्थितिमा मधेशमा ९ दलीय ‘अग्रगामी मोर्चा’ गठन, अब जिल्ला–जिल्लामा विस्तार
  • नेपाल–भारत सीमा सुरक्षामा ‘हाइटेक’ निगरानी, संवेदनशील क्षेत्रमा सीसीटीभीसहित आधुनिक उपकरण प्रयोग गरिने
  • सेयर बजारमा फेरि गिरावट, नेप्से १०.६७ अंकले घट्यो

#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved