चितवन – साहारा चितवन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवन दायर मुद्दामा बयान सुरू भएको छ ।
लामिाछानेको बयान न्यायाधीश दयाराम ढकालको इजलासमा भइरहेको छ । रविविरुद्ध चितवनमा हिजो मुद्दा दायर भएको थियो । उनी साढे ९ मै अदालतमा उपस्थित भएका थिए । तर, सर्वोच्च अदालतको सर्भर डाउन भएकोले ९स्३० बजे नै अदालत पुगेपनि बयान प्रक्रिया पौने १२ बाट मात्र सुरू भयो ।
रविमाथिको बयान सकिएपछि थुनछेक बहस हुन्छ । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।
मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो ।
जसमध्ये १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ ।