काठमाडौँ– उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालले अर्थमन्त्री पौडेललाई सोमबार डिस्चार्ज गरेको हो ।
पौडेल गत शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन फुटेर घाइते भएका थिए ।
सोही घटनामा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार भने चलिरहेको अस्पतालले जनाएको छ ।
उनीहरू दुवैको शनिबारदेखि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।