काठमाडौँ– भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु सम्बन्धमा आरोपितलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जनाएको छ ।


ADVERTISEMENT


एक वित्रप्ति जारी गर्दै भुवनेश्वर प्रहरीले घटनाका आरोपित भनिएका २१ वर्षीय भारतीय युवालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अघि बढाइएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


सोही विश्वविद्यालयका बी टेक (मेकानिकल) तेस्रो वर्षका अध्ययनरत २४ वर्षीय विद्यार्थी सिद्धान्त सिग्देलले इन्फोसिटी प्रहरी थानामा आइतबार उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ ।

‘अभियुक्त विद्यार्थी अद्विक श्रीवास्तवलाई १७–०२–२०२५ मा पक्राउ गरिएको थियो र सोही दिन अर्थात् १७–०२–२०२५ मा न्यायिक हिरासतमा पठाइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘मुद्दाको अनुसन्धान जारी छ, जसमा प्रमाणको रूपमा कागजातहरू र इलेक्ट्रोनिक ग्याजेटहरू जफत गरिएको छ।’

यसैगरि, विश्वविद्यालयमा प्रदर्शनरत नेपाली विद्यार्थीहरूलाई घर फर्कन निर्देशन जारी गरेकोमा त्यसलाई फिर्ता लिई विद्यार्थीहरूलाई फिर्ता हुन अपिलसमेत गरिएको प्रहरीको भनाई छ ।

नेपाली विद्यार्थीहरूको सुरक्षा पनि सुनिश्चित गरिएको जानकारी दिइएको छ । प्रहरीले यस मुद्दामा निष्पक्ष छानबिन हुने प्रतिबद्धतासमेत जनाएको छ ।