काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउदैछन् । उनी करिब एक साताको बसाईपछि काठमाडौँ फर्किन लागेका हुन् ।


ADVERTISEMENT


उनी आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिंछन् । सो क्रममा राजावादीहरुले धूमधाम उनको स्वागत गर्ने तयारी गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यसका लागि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरुलाई बेग्लाबेग्लै र्‍याली उतार्ने तयारी गरेका छन् । उनीहरुले काठमाडौं उपत्यका आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतारेका छन् ।

राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल ९पीडीएफ०, राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन् ।