काठमाडौँ – एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा गोविन्द घिमिरे नियुक्त भएका छन्।


ADVERTISEMENT


शुक्रवार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओको जिम्मेवारी दिएको हो।


ADVERTISEMENT

# # #


यसअघि घिमिरे नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का रूपमा कार्यरत थिए ।  सन् २००९ देखि नै बैंकमा आबद्ध उनले नेपाल बंगलादेश बैंकबाट आफ्नो बैंकिङ करियर शुरू गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन्।

हालका सीईओ सुनिल केसीको कार्यकाल फागुन महिनामा समाप्त भएपछि घिमिरेले ९ वैशाख २०८२ मा आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।

यससँगै, बैठकले सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा बढुवा गरिएको छ। उपाध्यायले विभिन्न बैंकिङ क्षेत्रमा अनुभव प्राप्त गरेका छन्।