–जी नेपाल, बुढानिलकण्ठ नगरपालिका ।
अब छोटेलालहरू राजा हुन छोड्नु पर्छ
भ्रष्ट खानका कालहरू राजा हुन छोड्नु पर्छ !
दैनिक हजारौँ विदेशीने नीति बनाउने
भैसिका खालहरू राजा हुन छोड्नु पर्छ !
बाउ मरे छोराछोरी, नातिमा सारिन्छ सत्ता
अरिङ्गाले मालहरू राजा हुन छोड्नु पर्छ !
सत्ता उनकै, भत्ता उनकै, डँठा बन्दुक उनकै
बुख्याचाका चालहरू राजा हुन छोड्नु पर्छ !
सबै एजेन्ट खबरि अकूत सम्पत्तिका मालिक
डलरका तालहरू राजा हुन छोड्नु पर्छ !
आलोपालो सबै भिआइपी अनि सुविधाभोगी
देश नबुझ्ने स्यालहरू राजा हुन छोड्नु पर्छ !