काठमाडौँ – नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको नेतृत्वमा १५ करोडको टेन्डर पार्न सफल भएको छ।


ADVERTISEMENT


नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको विशेष पहलमा हालै १५ करोडको टेन्डर प्राप्त भएको हो। यस टेन्डरमार्फत मनहरी–६ को जोगिताल जाने बाटो, कैलाश ३ को गाउँपालिका जाने बाटो, थाहा–६ को चनमन जाने बाटो लगायत अन्य केही महत्वपूर्ण योजनाहरूको काम अगाडि बढ्ने छन्।


ADVERTISEMENT

# # #


टेन्डरको प्रक्रिया र योजनाहरूको कार्यान्वयनको जिम्मेवारी पूर्वाधार विकास कार्यालय मकवानपुरले सम्हाल्ने भएको बानियाँका सचिव मिलन पुडासैनीले हिमालय पोष्टलाई जानकारी दिए ।

नेपाली काङ्ग्रेसका एक प्रभावशाली नेता बानियाँको कार्यशैलीले जनतामाझ ठूलो लोकप्रियता हासिल गरेको छ। उनीमा पूर्वगृहमन्त्री खुम बहादुर खड्काको राजनीतिक विरासत र जनसेवाप्रति प्रतिबद्धता झल्किएको जानकारकहरु बताउँछन् ।

बानियाँको राजनैतिक यात्रा सदैव जनसेवा र विकासमा केन्द्रित रहेको छ । जसकारण उनी अहिले कार्यकर्ताहरू र जनताको मनमा गहिरो स्थान बनाउन सफल पनि भएका छन् ।

राजनीति केवल पेशा नभएर एक सशक्त समाजको निर्माणका लागि गरिने एक महान् सेवा हो भन्ने विश्वासका साथ बानियाँले आफ्नो कार्यकाललाई जनहितमा समर्पित गरेका छन्।