काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार योजनाअन्तर्गत बेस रेट प्लस शून्य प्रतिशत को विशेष ब्याजदरमा अटो लोन उपलब्ध हुनेछ । नाडा अटो शो २०२६ को अवसरमा ल्याइएको यो योजना २०८३ साल भदौ मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।
ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ । यसबाट ग्राहकलाई आफूले रोजेको सवारीसाधन खरिद गर्न छिटो र सहज कर्जा सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।
यो अटो लोन सुविधा देशभर रहेका बैंकका १७६ वटै शाखामार्फत उपलब्ध हुनेछ । नाडा अटो शोमा सहभागी हुने तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले विशेष योजनाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ ।






























































