काठमाडौँ– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो र टेवल क्यालेन्डर सार्वजनिक गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा आइतबार आयोजित समारोहमा यो क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
समारोहमा श्री प्रसाईका साथै उच्च व्यवस्थापक तथा अन्य कर्मचारीहरू पनि उपस्थित रहे। क्यालेन्डर सार्वजनिक गर्दा प्रमुख कार्यकारी अधिकृतले बताए अनुसार, नयाँ वर्ष २०८२ को क्यालेन्डरमा तिथी, मिति र सार्वजनिक बिदा समेत समेटिएको छ। यसैगरी, कम्पनीले क्यालेन्डर वितरण कार्य आजैदेखि सुरु हुने जानकारी पनि सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार, यो क्यालेन्डरले ग्राहकहरूलाई समयअनुसार जानकारी उपलब्ध गराउने साथै भविष्यका योजना र प्रतिबद्धता प्रदर्शित गर्ने उद्देश्य राखेको छ।