काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीमा पुनः सक्रिय हुने भएका छन् । सहकारी प्रकरणमा कार्तिक २ गते पक्राउ परेपश्चात् राजीतिक तवरमा निष्क्रिय बनेका उनी पार्टीमा पुनः ‘कमब्याक’ गर्ने तयारीमा जुटेका हुन् ।


ADVERTISEMENT


लामिछानेविरुद्ध सरकारले चार वटा जिल्ला अदालतमा एउटै प्रकृतिको मुद्दा हालेको छ । ती चार वटै अदालतले धरौटीमा छोडेपछि रवि पार्टीमा फर्किने बाटो खुलेको हो ।


ADVERTISEMENT

# # #