काठमाडौँ – काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (शाह) बालेन पूर्वराजा ज्ञानेन्द्र शाहको अराजक प्रदर्शनप्रति कठोर प्रस्तुत भएका छन् । शुक्रबार काठमाडौँको भएको अराजक प्रदर्शनको प्रमुख योजनाकार भन्दै महानगरले ज्ञानेन्द्रलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।


ADVERTISEMENT


प्रदर्शनकारीहरुले सडक फोहोर गरेको, सडकका रेलिङ लगायतका संरचना तोडफोड गरेको, बोटविरुवामा क्षति पुर्याएको, आगो निभाउन गएको दमकलमाथि आक्रमण गरेको भन्दै महानगरले जरिवाना बुझाउन ज्ञानेन्द्र शाहका नाममा पत्राचार गरेको हो ।


ADVERTISEMENT

# # #


जस अनुसार महानगरले कोटेश्वर क्षेत्र, महादेवस्थान, तीनकुने, जडिबुटी, बालकुमारी, सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोर मैला गरेको भन्दै १–१ लाखका दरले ६ लाख जरिवाना तोकेको छ । यस्तै प्रदर्शनकारीले लगाएको आगो निभाउन गएको काठमाडौँ महानगरपालिकाको दलकलमा तोडफोड गरेको भन्दै १ लाख ३० हजार जरिवाना तोको छ ।

यस्तै तीनकुने क्षेत्रका रुखबिरुवा र रेलिङ तोडफोड गरेको भन्दै ४० हजार जरिवाना तोको छ भने तीनकुनेको आइल्याण्डमा तोडफोड गरेको भन्दै २३ हजार जरिवाना तोकेको छ ।

हिजै भएको समाजवादी मोर्चाको प्रदर्शनमा भने आयोजकले नै सडक सफा गरेको भन्दै महानगरले कुनै जरिवाना तोकेको छैन । काठमाडौँका सडकमा प्रदर्शनका नाममा फोहोर गर्ने प्रवृत्ति बढ्दै गएपछि महानगरले आयोजकलाई जरिवाना गर्दै आएको छ ।

यसअघि पनि महानगरले नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतलाई जरिवाना गरिसकेको छ ।