काठमाडौँ– हरेक वर्ष चैत शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा मनाइने रामनवमी पर्व आइतबार श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी मनाइएको छ ।
मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको स्मरणमा देशभर रामनवमी मनाइँएको हो ।


ADVERTISEMENT


रामनवमीको अवसरमा बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत मन्दिरमा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ । त्रेता युगमा यसदिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । रामनवमीको दिन रामको स्मृतिमा हिन्दुधर्मावलम्बीहरुले पवित्र नदी, ताल तथा कुण्डहरुमा स्नान ध्यान एवं ब्रत बस्ने गर्दछन् ।


ADVERTISEMENT

# # #


भगवान विष्णु सातौं अवतारको रुपमा अयोध्याका राजा दशरथको जेष्ठ पुत्रको रुपमा जन्म लिएका रामको विवाह मिथिलाका राजा जनककी सुपुत्री सीतासँग भएको थियो ।

संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश तथा आफ्नो पिता दशरथको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएको रामायणमा उल्लेख छ । रामनवमीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।