काठमाडौँ– विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई जारी राखेको छ ।


ADVERTISEMENT


आफुहरुसंग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले संघीय संसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै बिजुलीबजार–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन् । महासंघले अनुशाासित, मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरुलाई आग्रह गरेको छ ।

महासंघले आफुहरुको आन्दोलन निर्णायक अवस्थामा पुग्न लागेको भन्दै अन्य शिक्षकहरुलाई पनि काठमार्डौमा आउन आह्वान समेत गरेको छ ।

शिक्षकहरुको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि सार्ने निर्णय गरिसकेको छ ।