काठमाडौँ– नेकपा एकीकृत समाजावदीका अध्यक्ष माधव नेपालले चुनाव जितेर शासनमा फर्कन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।


ADVERTISEMENT


गणतन्त्र दिवसको अवसरमा एकीकृत समाजवादीले बिहीबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले जनताले फालेको राजतन्त्र अब फर्कन नसक्ने बताए ।


ADVERTISEMENT

# # #


‘चुनावी प्रक्रियामा गएर जनताको मन जितेर आए हुन्छ । प्रधानमन्त्री बने पनि हुन्छ,’ उनले भने, ‘ज्ञानेन्द्र शाह शासनमा फर्कने अर्को बाटो छैन ।’

लामो संघर्ष र बलिदानबाट नेपाली जनता पूर्ण रूपमा सार्वभौमसत्ता सम्पन्न बनिसकेकाले अब पूर्वराजाले राजतन्त्र फर्कने सपना देखिरहन आवश्यक नभएको उनको भनाई छ ।