काठमाडौँ– बागमती प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।


ADVERTISEMENT


आज हेटौँडास्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित विशेष समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई शपथ गराएका हुन्।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ सोमबार ६४ सांसदको समर्थनसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। उनले नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थन प्राप्त गरेका थिए। बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ।

पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका थिए। त्यसअनुसार बानियाँले बहुमत समर्थनसहित दाबी प्रस्तुत गरेका थिए।

बानियाँ लामो समयदेखि बागमती प्रदेशको राजनीतिमा सक्रिय छन् र संगठनात्मक तथा प्रशासनिक अनुभवसमेत भएका नेताको रूपमा चिनिन्छन्।

शपथपछि अब बानियाँ नेतृत्वको नयाँ सरकारले मन्त्रिपरिषद् विस्तार र नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।