काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क–२ को मस्यौदा तयार भइसकेको जानकारी दिएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क–२ स्वीकृतिका लागि छिटै मन्त्रिपरिषद्मा पेश गर्ने समेत जानकारी दिए । उनले यसैवर्ष नै डिजिटल नेपाल फ्रेमवर्क–२ लागू गर्ने स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


उनले डिजिटल नेपाल फ्रेमवर्क–२ का विषयगत क्षेत्रलाई लागू गर्न सम्बन्धित मन्त्रालयसँग साझेदारी गर्नुपर्ने जानकारी दिए ।

त्यस्तै उनले फोरजी नेटवर्कलाई देशका सवै घरमा पुराउने र काठमाडौँ र पोखराबाट फाइभ जी नेटवर्कको शुभारम्भ गरिने जिकिर गरे ।

डिजिटल गभर्नेन्स अवलम्वन गर्ने सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारवाही एवं कार्ययोजना र तयारी सम्बान्धमा समितिले मन्त्रालयसंग छलफल गरेको हो ।