मकवानपुर– बागमति प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिदैँछन् ।
उनले आफूलाई विश्वासको मत दिन सबै दललका सांसदलाई आग्रह गरेका छन् । उनका प्रस्ताव र नेतृत्वशैलीले अन्य दलका सांसदहरुलाई समेत आफ्नो पक्षमा पार्न सफल भएसंगै बानियाँलाई सबै दलका सांसदहरुले विश्वासको मत दिने भएका छन् ।
यससंगै बानियाँले ऐतिहासक रुपमा शतप्रतिशत विश्वासको मत प्राप्त गर्दै दुई तिहाई बलियो सरकारको नेतृत्व गर्ने अवसर पाउनेछन् ।
बागमती प्रदेश सभामा विश्वासको मत दिने ११० सांसदहरुमा एमालेका २७, कांग्रेसका ३७, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको २१ राप्रपाको १३ एकीकृत समाजवादीको ७ नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन्।


























































