काठमाडौँ– मनोहरा किनारको सुकुम्बासी बस्तीमा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ ।


ADVERTISEMENT


सुकुम्बासी बस्तीमा डोजर चलाउन पुगेका काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेको हो ।


ADVERTISEMENT

# # #


मनोहरा किनारमा रहेको सुकुम्बासी बस्तीमा बनेको घरमा महानगरले डोजर चलाएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।

उनीहरुले नगरप्रहरीमाथि आक्रमण गरेको हो । वर्षामा ओत लाग्ने ठाउँ दिन स्थानीयले अनुरोध गर्दा पनि नगर प्रहरीले नमानेपछि स्थानीय र महानगर प्रहरीबीच झडपको स्थिती सिर्जना भएको हो ।