हेटौँडा – बागमती प्रदेश मन्त्रिपरिषद्ले आजै पूर्णता पाउने भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कूल १४ मध्ये बाँकी रहेका ५ जना प्रदेशसभा सदस्यको नाम मन्त्रीका लागि नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हुन् ।
सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच भागबण्डा मिलेसँगै आजै मन्त्रीको सपथ हुँदैछ । साउन २० गते मुख्यमन्त्री बनेका बानियाँले २७ गते प्रदेशसभामा विश्वासको मत लिएका थिए । विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्ण दिएका हुन् ।
मुख्यमन्त्री बानियाँले यसअघि आफूसहित ९ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए । त्यतिबेला आफूसहित कांग्रेसबाट तीन र सत्ता साझेदार दल नेकपा एमालेबाट ६ मन्त्री नियुक्त गरिएको थियो । आज थप ५ जना मन्त्रिको नियुक्ति भएको हो ।
मुख्यमन्त्री बानियाँले सांसदहरू कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, उर्मिला नेपाल र बिनु रायमाझीलाई मन्त्री बनाएका हुन् । बानियाँको सिफारिसअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका छन् ।
मन्त्री बनेकाहरूमध्ये वादे कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (ख) बाट, श्रेष्ठ भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट र तामाङ रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् ।
यस्तै कांग्रेस केन्द्रीय सस्दय नेपाल ललितपुरबाट र रायमाझी चितवनबाट समानुपातिकतर्फका सांसद हुन् ।
क–कसले पाए मन्त्रीको जिम्मेवारी ?
मुख्यमन्त्री बानियाँले मधुसूधन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रीमा शिवराज अधिकारी, स्वास्थ्य मन्त्रीमा किरण थापामगर , युवा तथा खेलकुद मन्त्रीमा उर्मिला नेपाल, सामाजिक विकास मन्त्रालय मन्त्रीमा कन्चन चन्द्र वादे, भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी डा. दिनेशचन्द्र देवकोटाले जिम्मेवारी पाएका छन् ।
यस्तै आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभात तामाङ, वन तथा वातावरण मन्त्रीमा भरतबहादुर के.सी., संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ श्रम, रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रीमा कृष्णकुमार तामाङ मन्त्री, उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा विन्दु श्रेष्ठ मन्त्री र सहकारी तथा गरिबी निवारण मन्त्रीमा विनु रायमाझी पौडेल नियुक्त भएका छन् ।
कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ जना सरकारमा सहभागी भएका छन् । एमालेबाट ६ जनाले मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि नै कांग्रेसबाट मुख्यमन्त्री र अन्य दुईजना मन्त्रीमा नियुक्ति भएका थिए ।
गत साउन २० गते नियुक्त सांसद कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बनाइएको थियो। शिवराज अधिकारीलाई बिनाविभागीय थिए । उनलाई शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्री बनाइएको छ ।


























































