काठमाडौँ– सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्।


ADVERTISEMENT


क्यापिटलको सञ्चालक समिति बैठकले सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो।


ADVERTISEMENT

# # #


जसमध्ये सिटिजन्स म्युचुअल फन्ड २ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ८।२५ प्रतिशत र सिटिजन्स सुपर ३० का इकाइधनीहरुलाई करसहित १२।७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

त्यसैगरी, लाभांश वितरण प्रयोजनका लागि २ वटै फण्डले भदौ १३ गते बुक क्लोज गर्ने भएका छन्। यस अनुसार भदौ १२ गतेसम्म कायम इकाइधनीहरुले यी फण्डहरुले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्नेछन्।