काठमाडौँ– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरको विषय आचरणसँग जोडिएकाले संवैधानिक परिषद्को अङ्कगणितसँग जोड्न आवश्यक नभएको तर्क गरेका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले उपसभामुख रानामगरको आचरणमाथि गम्भीर प्रश्न उठाउदै यस मुद्दालाई संवैधानिक परिषद्को अङ्कगणितसँग जोड्न आवश्यक नभएको बताएका हुन् । उनले उपसभामुखका कार्यले समग्र संसदको गरिमामाथि नै प्रश्न उठेको बताए ।


ADVERTISEMENT

# # #


उहाले तत्कालीन समयमा राना कार्यकारी प्रमुख रहेको प्रिजनर्स असिस्टेन्स नेपालले बाल संगठनको सिफल बालगृहबाट २०७२ कात्तिक १७ गते ५ जना बालबालिका जबरजस्ती उठाएर लगेको जिकिर गरे ।

त्यससम्बन्धमा २०७६ साल कात्तिक १४ गते तत्कालीन सरकारले पाटन उच्च अदालतका निर्वतमान न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग बनाएको तर अहिलेसम्म उक्त आयोगको प्रतिवेदन सार्वजनिक नभएको उनको भनाइ छ ।

उनले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे । उपसभामुख रानामाथि प्रश्नैप्रश्न उठिरहेको बेला आदिवासी, जनजाति, महिला भनेर सहानुभूति बटुल्ने काम भइरहेको उनले जनाए ।

उनले आफ्ना कुरा राखेर संसद बदल्ने रास्वपा सांसदको कार्यशैलिप्रति पनि आक्रोश व्यक्त गरे । अरुमाथि नैतिकताका प्रश्न उठाउने रास्वपाका सांसदहरुले आफ्नामाथि प्रश्न उठ्दा नैतिकता प्रदर्शन गर्न नरहेको उनको भनाइ छ ।