काठमाडौं – गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर रहेको बताए ।


ADVERTISEMENT


बिहीबार राष्ट्रियसमा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले देशमा सुरक्षा कायमका साथै देशमा हुने हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको अनुसन्धान चरणबद्ध रूपमा गरिरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


बैठकमा राष्ट्रियसभा सदस्य विष्णु बहादुर विश्वकर्माले निर्मला पन्तका परिवारलाई न्याय दिन नसक्नुको कारण के हो ? निर्मलाको परिवारले कहिलेसम्म न्याय पाउछ भन्दै प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री गुरुङले हजुरहरु सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो? भन्दै उल्टै प्रश्न गरे । एउटा आमाको घाउलाई कोट्याएको कोट्याएकै गरेर सदनमार्फत थप पीडा नदिन उनले आग्रह गरे ।

अब राष्ट्रिय सभामा यो प्रश्न चाहिँ नउठाउन गृहमन्त्रीले आग्रह गरेपछि राष्ट्रियसभा सदस्य विश्वकर्माले आपत्ति जनाएको थियो । विश्वकर्माले प्रश्न गर्ने आफ्नो अधिकार भएकाले मन्त्रीले जवाफ दिनैपर्ने उल्लेख गर्दै अबको कति महिना, कति दिनभित्र हाम्री चेली निर्मलाले न्याय पाउँछिन ? भन्दै प्रश्न गरे ।

गृहमन्त्री गुरुङले आफुले यसको जवाफ नदिने भन्दै पन्छिएको थियो । त्यसपछि उहाले अन्य सांसदहरुको जवाफ भने दिएको थियो ।