काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक मजाक नगर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई आग्रह गरेका छन् । आफू र प्रचण्डको नाममा वारेन्ट जारी गरेको भनेर विप्लवले केटाकेटी खेल खेलेको उनले बताए ।


ADVERTISEMENT


‘केपी ओलीलाई वारेन्ट जारी अरे । कुन्नी कुन गाउँमा सात दिनभित्र हाजिर हुन आउनू रे’ शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘म विप्लवलाई यसप्रकारका राजनीतिक मजाकहरु नगर्न सुझाव दिन चाहन्छु ।’


ADVERTISEMENT

# # #


अघि भने, ‘अलि बढ्ता भो क्या ।’

सार्वभौमसत्ता जनतामा आइसकेको भन्दै उनले शोखका लागि क्रान्तिकारी नहुन आग्रह गरे । ‘कहाँका कुन थोत्रा किताब पढ्छन् मान्छे । सुतली बम सिद्धान्त हुन्छ ?’ उनले भने, ‘नचाहिने कुराका पछाडि कुदेका छन्, यो उचित होइन ।’

प्रधानमन्त्री ओलीले अघि भने, ‘चन्दा उठाउनका लागि सिद्धान्त र क्रान्तिका गफ दिने ?’

ठट्टा मजाक गर्ने हो भने मदनकृष्ण–हरिवंश, धुर्मुस–सुन्तलीको प्रहसनमा सहभागी हुन आग्रह गरे । उनले भने, ठट्टा मजाक गर्ने भए मदनकृष्ण हरिवंशजीहरु सँग आए हुन्छ । म पनि सिफरिस गरिदिन्छु । धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला ।’

स्वीच कहाँ छ हेर्छौं

प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डतामाथि प्रश्न उठाउन र सामाजिक सद्भाव खण्डन हुन नदिने बताए । माओवादी जनयुद्ध भएका बेलासम्म च्याँखे थाप्नु ठीकै भएपनि अब खाल उठिसकेको भन्दै उनले भने, खाल उठ्सिक्यो । फेरि च्याँखेहरु ‘ म ख्याचेहरुलाई भन्न चाहन्छु, यो बन्द गर ।’

विदेशीका कुरा नेपालीको मुखबाट आउनु दुःखद भएको भन्दै उनले भने, ‘सँधै स्वाधिन रहेको देश टुक्र्याउँछु भन्ने ? यस्ता क्रियाकलाप सैहृय हुन सक्दैन ।’

युरोपेली युनियनतर्फ संकेत गर्दै उनले अलिअलि आवाज कहाँबाट आएको छ ? स्वीच कहाँ छ ? हेर्ने बताए । उनले भने, म सबैलाई भन्न चाहन्छौं, नेपालीहरुलाई नेपाली भएर बस्न दिनुस् । नेपाल एकतावद्ध हुन चाहन्छ, सम्बृद्ध हुन चाहन्छ ।’