काठमाडौँ – जेन–जी समूहले अन्तरिम सरकारको नेतृत्व गर्नका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि सार्ने तयारी गरिएको छ । जेन–जी समूहले बुधबार गुगल च्याट प्लेटफर्म डिस्कर्डमा गरेको अनलाइन छलफलमा कार्कीलाई अघि सार्न बहुमत सहभागीले सहमत भएका छन् ।


ADVERTISEMENT


त्यसका लागि उनीहरुले अनलाइन भोटिङ समेत गरेका थिए । कुनै राजनीतिक दलमा समेत आवद्ध नभएकी र आफ्नो उच्च र निष्पक्ष छवी बनाएकी कार्की नै उपयुक्त व्यक्ति हुने सहभागीले राय राखेका छन् । उनीहरुले जेन–जीको प्रतिनिधित्व गर्ने र सोही अनुसार सेनासँग वार्ता गर्ने तयारी गरिएको हो ।


ADVERTISEMENT

# # #


जेन–जीको आन्दोलनपछि प्रधानमन्त्रीले राजीनामा दिएपछि देश नेतृत्वविहीन बनेको छ । देशको नेतृत्वलाई शान्तिपूर्ण रुपमा टुंग्याउने सेनाले आन्दोलनरत जेन–जी समूहलाई वार्तामा आउन अपिल गरेको छ ।

जेन–जीको छलफलको भिडियो हेर्नुहोस्: