काठमाडौँ – जेनजी आन्दोलनको क्रममा जलेका प्रहरी कार्यालयहरुलाई पुन सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु गरिएको छ ।


ADVERTISEMENT


स्थानीय युवा र प्रहरी मिलेर जलेका प्रहरी कार्यालयहरुमा सरसफाइ कार्य सुरु गरिएको हो । जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आक्रमण हुँदा अधिकांश भौतिक संरचना जलेर नष्ट भएका छन् भने प्रहरीहरु समेत विस्थापित हुन पुगेका थिए ।


ADVERTISEMENT

# # #


अवस्था सामान्यतर्फ उन्मुख हुँदै गर्दा प्रहरी कार्यालयहरुलाई पुन सञ्चालनमा ल्याउने प्रयास सुरु भएको हो । त्यस्तै उपत्यकाभित्रका प्रहरी वृत्तबाट काम भइरहेको छ । काठमाण्डौ उपत्यकाका रहेका १७ वटा वृत्त मध्ये आन्दोलनका क्रममा प्राय सवै कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।

केहि चौकीमा प्रहरी फर्किदा स्थानीयहरुले स्वागत समेत गरेका छन् ।