काठमाडौँ – नेपाल प्रहरीले भदौ २३ र २४ गते काठमाडौँसहित देशभर भएको जेन–जी आन्दोलनका त्रलममा सार्वजनिध तथा व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिका तस्बिर र भिडियो पठाउन आग्रह गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू पठाउन आग्रह गरेको हो ।
घटनासँग सम्बन्धित तस्बिर र भिडियो लिंक [email protected]मा पठाउन प्रहरीले आग्रह गरेको छ । तस्बिर तथा लिकहरु पठाउने व्यक्तिको पहिचान गोप्य राखिने प्रहरीले जनाएको छ ।
आन्दोलनका क्रममा सिंहदरबा, विभिन्न मन्त्रालय, संघीय संसद् भवन, सर्वोच्चसहितका देशभरका विभिन्न अदालत, सरकारी निकायहरु, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, प्रहरीका देशभरका कार्यालय आगजनी र तोडफोडले ध्वस्त भएका छन् ।
यस्तै निजी क्षेत्रका विभिन्न डिपार्टमेन्टल स्टोर, होटेल लगायतका संरचनामा तोडफोड, आगजनी र लुटपाट समेत गरिएको छ ।




























































