काठमाडौं– नेपाल बैंक लिमिटेडका कर्मचारी तथा सो बैंकका खाता धारक ग्राहकहरूका लागि हुन्डाई गाडी खरिदमा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।


ADVERTISEMENT


यही असोज ९ गते काठमाडौंमा सम्पन्न उक्त सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकका ग्राहकहरूले लक्ष्मी इन्टरनेश्नल प्रालिका मुलुको विभिन्न शाखाबाट हुन्डाई ब्रान्डका सवारीसाधन खरिद गर्दा अतिरिक्त छुट पाउनेछन्।


ADVERTISEMENT

# # #


कम्पनीले प्रदान गर्दै आएको नियमित अफरबाहेक गाडीको खरिद रकममा ५० हजारदेखि ८१ हजारसम्म थप छुट प्राप्त हुनेछ। सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरनेश्नल प्रालिको तर्फबाट महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरे।

यस सम्झौता कार्यान्वयनसँगै कर्मचारिहरू र बैंकका खाता धारकहरूले देशभर रहेका लक्ष्मी इन्टरनेश्नलका शाखाहरूबाट हुन्डाईका विभिन्न मोडलका गाडी सहुलियतमा खरिद गर्न पाउने व्यवस्था छ।