काठमाडौं– मुक्तिनाथ क्यापिटल लिमिटेडका शेयरधनीहरुको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभा असोज १० गते अरण्य बुटिक होटल, हात्तिसार, काठमाण्डौंमा क्यापिटलका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त सभाले लेखापरिक्षकको प्रतिबेदन सहितको २०८२ आषाढ मसान्तको वासलात र सोहि मितिमा समाप्त आ.व.२०८१/०८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्यो ।
सभाले क्यापिटलका शेयरधनीहरुलाई चुक्ता पूँजीको ९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारण सभाले आ.व.२०८२/०८३ को लेखापरिक्षण गर्नका लागि एनविएसएम एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरेको छ ।



























































