काठमाडौं । साताको कारोबारको पहिलो दिन सुन तोलामा २ लाख २३ हजार २ सय रुपैयाँ पुगेको छ। जुन मूल्य हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य २ लाख २३ हजार २०० रुपैयाँ पुगेको छ। गत शुक्रबार भने सुन प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
यता चाँदीको भाउ पनि तोलामा २ हजार ८ सय १० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला २ हजार ७ सय ४० रुपैयाँका दरले कारोबार भएको थियो।



























































