काठमाडौं– पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २३ जना सञ्चारकर्मीहरूको सहभागितामा “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम पूर्वी पृतना हे.क्वा, इटहरीमा सुरु भएको छ ।


ADVERTISEMENT


कार्यक्रमको शुभारम्भ गर्दै पूर्वी पृतनाका पृतनापति उपरथी गौरव कुमार के.सी.ले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्नुका साथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।


ADVERTISEMENT

# # #


चार दिनसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरणका साथै विपद प्रतिकार्य एवं समसामयिक विषयहरूमा अन्तरक्रिया समेत सञ्चालन गरिनेछ ।