काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटको सुपर सिक्समा नेपालले लगातार दोस्रो जित हात पारेको छ। सोमबार राति भएको खेलमा नेपालले कतारलाई ५ रनले हराएको हो।


ADVERTISEMENT


ओमानको अल अमेरतस्थित क्रकेट मैदानमा कुवेतले टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको कतार १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४२ रनमै समेटिएको हो । आजको जितसँगै नेपाल आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा पुग्ने सम्भावना करिब निश्चित बनेको छ ।


ADVERTISEMENT

# # #


कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन नसक्दा जितिसकेको खेल समेत कतारले गुमायो ।

स्टार स्पिनर सन्दीप लामिछानेले जादुयी बलिङ गरेपछि नेपालले रोमाञ्चक जित हात पार्यो । सन्दीपले अन्तिम ओभरमा कतारलाई १० रन चाहिएको अवस्थामा शानदार बलिङ गर्दै नेपाललाई जित दिलाए । त्यसक्रममा उनले ४ ओभरमा १८ रन मात्रै खर्चिए । यस्तै नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले ४२ बलमा ७ चौका र १ छक्का प्रहार गर्दैै सर्वाधिक ५८ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन जोडे । यस्तै गुल्शन झाले ८ बलमा २ छक्का ठोक्दै १६, सोमपाल कामीले ९ बलमा १ छक्काको मदतमा १४ तथा आशिफ शेखले ११ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

बलिङतर्फ कतारका कप्तान मिराम मोहम्मद बेइग र डेनियल आचर्तरले समान ३–३ विकेट चट्काए । यस्तै मोहम्मद असिम र अवाइस अहमदले समान १–१ विकेट लिए ।

सुपर सिक्सको पहिलो खेलमा हिजो युएईलाई १ रनले हराएको थियो अर्को खेल नेपालले बुधबार आयोजक ओमानसँग खेल्नेछ । आजको खेलसँगै नेपालले ३ खेलमा ३ जितसँगै ६ अंक बटुलेर दोस्रो स्थानमा यथावत रहेको छ ।