काठमाडौं– नेकपा (एमाले)को १०औंँ केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । उक्त बैठक ललितपुरको जावलाखेलमा प्रारम्भ भएको हो ।


ADVERTISEMENT


यही असोज २९ र ३० गते बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज आ–आफ्नो धारणा राख्ने प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। यस अघि करिब २०० केन्द्रीय सदस्यले आआफ्नो धारणा राखेका छन् ।


ADVERTISEMENT

# # #


आजको बैठकमा पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीहरुले आफ्ना धारणा राख्ने छन् । एमालेमा स्थायी र पदाधिकारीसहित ९९ नेताहरु रहेका छन् । स्थायी र पदाधिकारीलाई पनि पनि तीन मिनेटकै समय उपलब्ध गराइने प्रचार विभाग प्रमुख गौतमले बताए । सबैले धारणा राखेपछि अन्त्यमा अध्यक्ष ओलीले प्रतिवेदनमाथिको सुझावको एकमुष्ट जवाफ दिएर बैठक समापन गरिने छ ।