• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड


Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page

मादल बिक्री नभएपछि व्यवसायी निराश

कार्तिक ४, २०८२ |

मादल बिक्री नभएपछि व्यवसायी निराश

494
SHARES
ShareTweet

ढोरपाटन (बागलुङ) – पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च चलाउँदै आएका थिए । मादल बनाएर ३० वर्षदेखि जीविकोपार्जन गर्दै आएका उनलाई अहिले परिवार पाल्न हम्मेहम्मे भएको छ ।


ADVERTISEMENT


परियारले मादल व्यवसायबाटै नौ जनाको परिवार पाल्दै आएका थिए । तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्छन् । मादल व्यवसाय सङ्कटमा परेपछि उनले पेसा बदल्नु परेको छ । बुबा, बाजे र दाइहरुबाट सिकेको सीपले परियारलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो । अहिले छोराहरु विदेश पलायन भएका छन् ।


ADVERTISEMENT

# # #


परियारले आफूसँग भएको सीप नबिकेपछि पेसा परिवर्तन गर्नु परेको दुःखेसो गरे । उनले भने, “मलाई ५/७ वर्ष पहिलेसम्म परिवार चलाउन समस्या थिएन, मादल बिक्री गरेरै नौ जनाको परिवार चलाएको थिए, छोराछोरी पढाएको थिए, अहिले अरू काम गर्नुपर्छ, मादल बिक्री हुँदैन, बिक्री नहुने काम किन गर्ने भनेर त्यो काम गर्नै छोडेँ, अहिले गिट्टी बालुवा कुटेर पेट पालेको छु ।”

परियारले पहिले बाह्रै महिना मादलको माग आउने गरेको र पछि–पछि चाडबाडको बेला मात्र ग्राहक आउने गरेको बताए । उनले कुनै बेला आफूलाई मादल बनाउन भ्याइनभ्याइ हुनेको गरेको स्मरण गर्दै अहिले केही ग्राहक आएपछि आफूले पहिले बनाएर राखेका मादल बेच्ने गरेको बताए । मादलको मूल्यसमेत घटेको परियार बताउँछन् ।

“मेरो पसलमा पहिले बाह्रैमास मादल किन्नेहरु आउँथे, हरेक महिना कम्तीमा १० मादल बिक्री गर्थे, मादल बनाउन भ्याइनभ्याइ हुन्थ्यो, बिहान उठेदेखि रातिसम्म नसुतुन्जेलसम्म मादल बनाइरहन्थे । कमाई पनि राम्रो हुन्थ्यो, वर्षमा झन्डै पाँच लाख कमाई गर्थे,” परियारले भने, “अहिले मादल किन्न बेला मौकामा एक÷दुई जना आउँछन्, उनीहरुलाई पहिले बनाएको मादल दिएर पठाउँछु, पहिलेको जस्तो मूल्य पनि पर्दैन, मैले एउटा मादलको रु एक हजार २०० देखि रु पाँच हजारसम्ममा बेच्ने गर्थे ।”

परियारले तिहारको बेला मादलको बढी माग हुने गरेको बताए । गाउँ तथा सहरमा देउसी–भैलो खेल्नेहरुले मादल किन्ने गरेको भन्दै अहिले मादलको सट्टा ठूला–ठूलो साउन्ड सिस्टमहरु किन्ने गरेको उनको भनाइ छ ।

“तिहार आयो कि मादल किन्नेको भीड लाग्थ्यो, अहिले देउसी–भैलो खेल्ने प्रचलनमा पनि विकृति ल्याएको छ,” उनले भने ।

ढोरपाटन–२ का मकरबहादुर नेपालीले पनि मादल व्यवसाय गरेको १४ वर्ष भयो । उनको पनि अचेल मादल कमै बिक्री हुन्छ । वार्षिक एक हजार २०० बढी मादल बेच्ने उनले अहिले ५० वटा पनि बिक्री गर्न नसकेको बताए । पहिले आफ्नो पसलमा निसीखोलासँगै, ढोरपाटन, तमान, रोल्पा र रुकुमदेखि मादल किन्ने ग्राहक आउने गरेको स्मरण गर्दै अहिले पसल सुनासन रहेको बताए ।

“चार वर्ष भइसक्यो मादल कम बिक्छन्, तिहार आउने बेला अलिअलि बिक्री त हुन्छ, यस बेला मात्रै मादल बेचेर दुई महिना पनि खान पुग्दैन, तिहारको बेला त मादल किन्ने ग्राहकको लाइन हुन्थ्यो, अहिले बिक्री नै हुँदैनन्,” नेपालीले भने, “वर्षभरि मादल बनायो, बिक्री हुन्न, अब अरू नै काम गर्नुपर्ने भयो, अब यसबाट परिवार पाल्न सकिने भएन ।”

नेपालीले सूचना र प्रविधिको विकासका कारण मादल बिक्रीमा कमी आएको बताए । उनमादल मौलिकता र परम्परासँग जोडिएको बाजा भएको भन्दै आधुनिकताले मादल व्यवसाय पनि सङ्कटमा पर्न थालेको बताउँछन् । अहिले चाडबाड तथा मेला महोत्सवमा मादल, बाजाहरु बज्नै छोडे र बाजाको ठाउँमा ठूलाठूला स्पिकर र साउन्ड सिस्टमहरुको प्रयोग हुन थालेको नेपालीको भनाइ छ ।

“आजभन्दा १० वर्ष पहिले गाउँमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे, विद्युत्को पहुँच थिएन, माइक, स्पिकर र राउन्ड सिस्टमको आएका थिएनन्,” उनले भने, “अब मादल र बाजाहरु हराउँदै जाने खतरा छ, मेला महोत्सवमा पनि बाजा र मादल बज्न छोडे ।”

अब विद्युतीय सामग्रीको माग बढेको छ । बुर्तिबाङ बजारमा विद्युतीय सामग्री बेच्दै आएका जीवन शर्माले पछिल्लो समय ठूला–ठूला साउन्ड सिस्टम र माइकको माग बढेको बताए ।

#











#



#

#
#

#



#

#

Share:

Rate:

Previousनेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल
Nextमुख्यमन्त्री बानियाँद्वारा साँखु प्रहरी प्रभाग पुनःनिर्माण गर्न १० लाख दिने घोषणा

ताजा खबर

  • विश्वकप २०२६ – मध्य रातिबाट सुरु हुदै ,नेपाल समय अनुसार पूरा खेल तालिका सार्वजनिक
  • आफुले दुई रुपैयामात्रै बदमासी भएको पुष्टि भए सार्वजनिक जीवन नै त्याग्न तयार छु: अर्थमन्त्री डा .वाग्ले
  • हेटौंडा अस्पताल मुख्यमन्त्री बानियाँद्वारा निरीक्षण, गुणस्तरीय स्वास्थ्य सेवा दिन निर्देशन
  • अपराध नियन्त्रण र अनुसन्धानलाई समयानुकूल तथा प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री बानियाँ
  • एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस- बोर्डर रियल–टाइम (P2P) रेमिट्यान्स सेवा सुरु

#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved