काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौँको साँखु प्रहरी प्रभाग पुनःनिर्माणका लागि तत्काल १० लाख दिने घोषणा गरेका छन् ।
मुख्यमन्त्री बानियाँले मंगलबार शंखरापुर नगरपालिका साँखुमा रहेको उक्त प्रहरी कार्यालय निरीक्षणका पुनःनिर्माणका लागि उक्त घोषणा गरेका हुन् । उक्त भदौं २४ गते जेनजी आन्दोलनको क्रममा तोडफोड तथा आगोजनीका कारण क्षतिग्रस्त भएको थियो ।
प्रहरी जनताको प्रतिनिधि भएकाले प्रहरीप्रति आफ्नोपन कायम गर्नका लागि स्थानीयस्तरबाट पनि सहयोग रकम जुटाएर पुनःनिर्माणको काम अघि बढाउन आग्रह गर्दै मुख्यमन्त्री बानियाँले नपुग भएमा आगामी दिनमा पनि बागमती प्रदेश सरकारले सहयोग गर्ने बताए । तत्कालका लागि विपद व्यवस्थापन अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतबाट सो रकम निकासा गरिने उनको भनाई छ ।
मुख्यमन्त्री बानियाँले नेपाल प्रहरी तथा ट्राफिक प्रहरीलाई चाडपर्व लक्षित सुरक्षाका लागि भनेर ५० वटा मोटरसाइकल हस्तान्तरण गरेको जानकारी बताए ।


























































