काठमाडौं– कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार ४०० रुपैयाँले र चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गत सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

# # #


त्यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । मंगलबार बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।