काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले हराएको हो ।


ADVERTISEMENT


काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि काठमाडौँद्वारा पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । १४८ रनको मध्यम चुनौती पच्छ्याएको काठमाडौँ १६.६ ओभरमा सबै विकेट गुमाउँदै ११८ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


काठमाडौँका लागि आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । त्यसक्रममा उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे । यस्तै जोन सिम्पसनले २४ तथा मिलिन्द कुमारले ११ रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।

काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका स्कट कुग्लेगाइन, हेमन्त धामी र हरमित सिंहले समान २–२ विकेट लिए । यस्तै इशान पाण्डे, अविनास बोहोरा र नरेन साउदका नाममा समान १–१ विकेट रह्यो ।

सुदूरपश्चिमका लागि अन्य ब्याटरले संघर्ष गरिरहँदा मध्यम स्कोर बनाउने क्रममा हरमित सिंहले शानदार ब्याटिङ गरे । त्यसक्रमा उनले मात्र २० बलमा २ चौका र ५ छक्का ठोक्दै सर्वाधिक ५३ रन बनाए । कप्तान दिपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्काको मदतमा ३९ रन बनाए । यस्तै आरिफ शेखले २५ रन बनाउँदा इशान पाण्डे ११ रनमा आउट भए ।

बलिङतर्फ काठमाडौँका कप्तान करण केसीले सर्वाधिक ४ विकेट लिए । सो क्रममा उनले ३० रन खर्चिए । यस्तै सन्नी पटेल, राशिद खान र मिलिन्द कुमारले समान २–२ विकेट हात पारे । काठमाडौँले जवाफी ब्याटिङ गर्दैछ ।