काठमाडौँ – काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएको हो ।
एनपीएलमा लुम्बिनीले पहिलो खेल खेल्न लागेको हो । यता चितवनले भने पहिलो खेलमा कर्णार्लीलाई हराएको थियो ।



























































