काठमाडौँ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


आम निर्वाचन र कांग्रेसको १५ औं महाधिवेशनका विषयमा नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा निधिले महाधिवेशन लगाएतका गतिविधिलाई निर्वाचनपछि गर्न सकिने भन्दै अहिले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


कुन बेला कुन कामलाई प्राथमिकता दिने भन्ने कुरामा नेताहरु गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले अहिले सम्म कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गर्न नसक्नु दुर्भाग्य र हास्यास्पद विषय रहेको धारणा राखे ।

नेता निधिले एमाले र माओवादीको तुलनामा कांग्रेसमा लोकतान्त्रिक पद्दतीबाट सहज रुपमा नेतृत्व परिवर्तन हुने भएकाले यसमा जटिलता नरहेको बताए । उनले सहमहामन्त्री महेन्द्र यादवको वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव आफुहरुको समेत सहमतिमा केन्द्रीय समितिमा पेश भएको उल्लेख गरे ।