काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापनादेखि लामो समयसम्म नेतृत्व गरेका सेवा निवृत्त प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको निधन भएको छ । मानन्धरको आइतबार ८३ वर्षको उमेरमा निधन भएको हो ।
सन् १९६९ मा भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गरेका मानन्धरले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंक लि.को प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक भएर काम गरेका थिए ।
यस्तै उनले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंक लि.को प्रमुख कार्यकारी अधिकृतका रुपमा समेत काम गरे । यस्तै उनले विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंक लि हुँदै अन्तमा प्राइम कमर्सियल बैंक लि.को प्रमुख कार्यकारी अधिकृतबाट सेवा निवृत्त भएका थिए ।
नेपालको आर्थिक तथा बैंकिङ्ग इतिहासमा दीर्घ सेवाकासाथ महत्वपूर्ण भूमिकाका निर्वाह गर्र्ने उनी बिरलै थिए । उनको निधनप्रति प्राइम कमर्सियल बैँकले दुःख व्यक्त गरेको छ ।


























































