काठमाडौं – नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । एमालेको काठमाडौँमा सपन्न ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्माओली प्यानलका पोखरले लगातार दोस्रो पटक महासभिवमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


उनले आफ्ना प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई हराउँदै महासचिवमा बाजी मारेका हुन् । त्यसक्रममा पोखरलले १२२८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी पाण्डेले ९९९ मत ल्याए । पाण्डे ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका थिए ।


ADVERTISEMENT

# # #


यता एमाले अध्यक्षमा केपी शर्माओली लगातार तेस्रो पटक निर्वाचित भएका छन् भने सचिवमा ९ जना नै ओली प्यानलका निर्वाचित भएका छन् ।

निर्वाचनमा २ हजार २ सय २७ मत खसेको थियो भने ३६ जनाले मत हालेनन् ।