काठमाडौँ – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् ।
भर्खरै सार्वजनिक अन्तिम मत परिणाम अनुसार उपमहासचिवमा केपी ओली प्यानलका लेखराज भट्ट, रघुवीर महासेठ निर्वाचित भएका हुन् भने ईश्वर पोखरेल प्यानलका योगेश भट्टराई पनि निर्वाचित भएका हुन् । एमालेमा तीन जना उपमहाचिव रहने व्वयवस्था रहेको छ ।
जसअनुसार लेखराजले सर्वाधिक १ हजार ४५२ मत ल्याए । यस्तै रघुवीर महासेठले १ हजार ३६३ तथा योगेश भट्टराईले १ हजार ३४८ मत प्राप्त गरेर निर्वाचित भए । यता अध्यक्ष केपी शर्माओलीका निकै निकट मानिने विष्णु रिमाल भने पराजित भएका छन् । उनले जम्म १ हजार ९१ मत प्राप्त गरे ।
यस्तै आनन्द प्रसाद पोखरेल ६३५ मत र वैजनाथ चौधरी ५१७ मत ल्याएर पराजित भए ।



























































